सिन्धुली , – सिन्धुलीका साना तथा ठूला नदी तथा खोलामा माछा लगायत जलचर प्राणी लोप हुने अवस्थामा पुगेका छन् । करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको संख्या घटदै गएको छ । जिल्लाका अधिकांश खोलामा करेन्ट र विषादीको प्रयोग बढेपछि माछा लोप हुने अवस्थामा पुगेका छन् ।
करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि माछा लोप हुन थालेका हुन् । स्थानीयका अनुसार विगतमा साना खोलामा पनि जताततै देख्न सकिने विभिन्न माछा पछिल्लो समय देखिन छाडेका छन् । सरोकारवाला निकायको बेवास्ताको कारण दिनहुँ विषादी हालेर र करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढेको कारण जलचर प्रणाली नष्ट हुने अवस्थामा पुगेका हुन् ।
बिषदी प्रयोग ब्याट्रीको प्रयोग गरी कमला नदी, मरिणखोला, चँदाहाखोला, वाक्सुखोला लगायतका अन्य नदी बाट दिनहुँजसो ठूलो परिमाणमा माछा मार्ने गरेको पाइन्छ ।
खोला पानीको बहाव कम भएको मौका छोपेर बिषदी प्रयोग र करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढेका कारण खोलामा माछा हराउँदै गएको छ । जिल्लाका विभिन्न खोलानालामा पाईने बुदुना, कत्ले, हिले, असला, सहर, झिंगे आदि जातका माछा जथाभावि बिषादीको प्रयोगलेसं कटमा परेको स्थानीय बासिन्दाको भनाई छ ।
उनीहरुका अनुसार मानब स्वास्थ्यका लागि समेत हानीकारक मानिएका ‘ईण्डोसिल’ लगायतका बिषादी प्रयोग गरि माछा मा र्ने क्रम बढेपछि यो समस्या आएको हो । बिषादीको प्रयोग गरि मारिएका माछा स्वास्थ्यका लागि हानिकार करहे पनि त्यसरी माछा मार्ने चलन बढ्दो रहेको दुधौली नगरपालिका–७ निवासी परमेश्वर दनुवार बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “यतिखेरे बिषादी प्रयोग गरी माछा मार्ने क्र म बढेको छ । बिषादीको प्रयोगले खोलामा रहेका भर्खरका भुरामाछा समेत मर्ने भएकाले माछा नै मासिने खतरा बढेको छ ।” न्युन आय भएका विपन्न वर्गका व्यक्तिहरुले जीविका चलाउन र कसै–कसैले शोखका लागि खोलामा ईण्डोशील नामक बिषादी हालेर माछा मार्ने गरेका उहाँले जानकारी दिनुभयो ।
केही समय अगाडि बल्छी खेलेर माछा झिकिन्थ्यो, जालको प्रयोग हुन्थ्यो तर यतिखेर भने करेन्टका कारण जालमा माछा पार्न छाडेको कमलामाई नगरपालिका १ का हरि मगरको भनाई छ ।
करेन्टभन्दा विष प्रयोग गर्दा माछामा बढी क्षति हुने गरेको उहाँको भनाइ छ । विषले ३÷४ दिनसम्म माछा र भुरामा क्षति पु¥याउने गरेको स्थानीय उहाँले बताउनुभयो । “विष प्रयोग गरेका माछा सेवनका लागि हानिकारक छ भन्ने जानकारी भए पनि मार्न छाडिएको छैन,” उहाँले भन्नुभयो,“‘युवाहरूले समूह बनाएर जथाभावी विष हाल्दै माछा मार्ने गरे पनि स्थानीय प्रशासन मौन छ ।”
माछाको संरक्षण गर्न पनि जथाभावी बिषादी प्रयोग गरी माछा मार्नेलाई कानुनी कारबाही गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाकै ठूला नदीका रुपमा रहेका कमला नदी, मरिणखोला, चँदाहा लगायतका खोलामा माछा लोप हुदै गएकाले माछा मार्ने पुख्यौली पेसा बनाएक समुदायहरु चिन्तित देखिन्छन् ।