शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको भाउमा नयाँ रेकर्ड

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं ०५ चैत - आज मंगलबार सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

 

 

प्रतिक्रिया