शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

बुधवार , फाल्गुण २८, २०८१

सिन्धुली २८ फागुन– सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ । मंगलवार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षकालागि श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका श्रेष्ठले ५९७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी राज कुमार श्रेष्ठले ३८८ मत प्राप्त गर्नु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा ४९५ मतसहित देव नारायण श्रेष्ठ निर्वाचित हुनुभएमो छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी बिरबल चौधरीले ४५० मत पाउनुभएको छ । वस्तुगत उपाध्यक्षमा राम कुमार राजभण्डारी विजयी हुनुभएको छ । कुल १४ मत खसेकोमा राजभण्डारीले ११ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी विजय बस्नेतले ३ मत प्राप्त गर्नुभयो । महासचिव पदमा बासु भेटवाल ६४६ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी मेघ बहादुर कार्कीले २६६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, उप–महासचिव पदमा नेत्र जंग थापा ४३० मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी युवराज श्रेष्ठले ३७४ मत र सोनी कुमारी झाले १०४प्राप्त गर्नुभयो । महिला सचिव पदमा सृजना श्रेष्ठ ५४१ मतसहित निर्वाचित हुनुभयो । उहाँको निकतटम प्रतिद्वन्द्वी रेजिना श्रेष्ठले ३४१ मत प्राप्त गर्नुभयो ।

सदस्य खुल्लातर्फ राम बहादुर बि.क. (६१० मत), संजय साह (७६३ मत), हिमेश श्रेष्ठ (७५४ मत), राज कुमार श्रेष्ठ (६८९ मत) र रामचन्द्र पौडेल (५७७ मत) विजयी भएका छन् । प्रतिद्वन्द्वी रितेश श्रेष्ठले ५३३ मत प्राप्त गर्नु भएको छ । निर्वाचनमा कुल एक हजार एक मत खसेको थियो ।

वाणिज्य उपाध्यक्षमा नवीन श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा, । कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लाल मान तामाङ, उद्योग सचिवमा प्रकाश काफ्ले, वाणिज्य सचिवमा गोबिन्द खड्का, आजिवन सदस्यमा दिगम्वर चौधरी, एसोसियट सदस्यमा शाह आलम साफी र महिला सदस्यमा ललिता न्यौपाने र शुशिला श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ । चार वटा महिला सदस्यको कोटामा दुई जना महिलाले मात्रै उम्मेदवारी दिएका थिए । बाँकी दुइ वटा खाली छ ।

प्रतिक्रिया