शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्ग सिन्धुली खण्ड पुनर्निर्माणको ठेक्का लगाउने तयारी

शुक्रवार , फाल्गुण २३, २०८१

सिन्धुली – गत असोज दोस्रो साताको बाढी पहिराले क्षतिग्रस्त बिपी राजमार्गकोे सिन्धुली तर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ । अर्थ मन्त्रालयले बाढीले बगाएको  ५ महिना पछि बजेट सुनिश्चित गरेसँगै बिपी राजमार्गको पुनर्निर्माण अगाडि बढाउन लागिएको हो ।

काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोला देखि नेपाल थोक सम्मको करिब साढे तीन किमी सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारस हमालले जानकारी दिनुभयो । अबको केही दिनमै हामी ठेक्का सूचना निकाल्ने तयारीमा छौ, उहाँले भन्नुभयो, “२ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का आव्हान गर्दछौ ।”

पुनर्निर्माण हुने बिपी राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ । भ्याट र अन्य कर बाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरी ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ । गत असोजको बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिकाको नेपाल थोक देखि काभ्रेको भकुन्डे नजिक सम्म करिब १२ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो । सडक बगाएपछि हाल अस्थायी रूपमा रोसिको बगरबाट ट्याक सडक बनाइ सवारी सञ्चालन हुँदै आएको छ ।

रोशिको बगरबाट अस्थायी रूपमा सञ्चालन भएको सडकलाई समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया