शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौँ २३ फागुन - साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

महासंघमा अनुसार बिहीबार तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९९० रुपैयाँ पुगेका हो ।

 

प्रतिक्रिया