शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको खुर्कोटमा सामुदायिक भवनको शिलान्यास

बिहिवार , फाल्गुण २२, २०८१

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका विच गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले भवनको शिलान्यास गर्नुभएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत नयाँ शहर आयोजना कार्यालय खुर्कोट कुल लागत ७ करोड लागतमा उक्त बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।

भवनको शिलान्यास गर्नु हुँदै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले भवन निर्माणको काम सुरु हुनु निक्कैनै खुसीको कुरा भएको र यसले समग्र खुर्कोटको विकासमा मद्धत पुर्‍याउँने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भवनको समयमानै निर्माण सक्न सम्बद्ध पक्षसंग आग्रह गर्नु भयो । कार्यक्रममा उपाध्यक्ष न्यौपानले सरकारले निर्माण गरिरहेको नयाँ सशह आयोजना अन्तरगत खुर्कोटका किसानहरुको रोकिएको जग्गा र त्यसको लालपुर्जा तत्काल किसानलाई वितरण गर्ने कार्य गर्न आग्रह गर्नु भएको छ ।

“आयोजनाको काम जे जती भएको छ त्यो ठिकै छ । अव आयोजनाले यहाँका किसानहरुको जग्गाको लालपुर्जा तत्काल वितरण गर्नेगरी काम गर्नुपर्दछ,” उहाँलेभ भन्नुभयो ।

जग्गा विकास समितिका अध्यक्ष टीका बहादुर देवकोटाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रेगनराज थापा, कृष्णप्रसाद पोखरेल, रविन श्रेष्ठ र खुर्कोटका अन्य बुद्धिजीवीहरुको समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन नयाँ शहर आयोजना कार्यालय खुर्कोटका आयोजना प्रमुख सन्तोष निरौलाले गर्नुभएको थियोे ।

प्रतिक्रिया