शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा रुखबाट लडेर एक जनाको मृत्यु

मंगलवार , फाल्गुण २०, २०८१

सिन्धुली – सिन्धुली रुखबाट लडेर सोमवार एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नं.५ काशीखर्क ओडारे नस्ने ४६ वर्षीय कुल बहादुर भट्टराईको घासकाटने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमवार बिहान ८ बजेको समयमा घर भन्दा अंन्दाजी ३०० मिटर उत्तर आफ्नै बारीमा रहेकोे फोस्रोको रुखमा चढी घाँस झार्ने क्रममा लडि टाउकोमा चोट भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टराइ लडेर घाईते भएको अवस्थामा निजको श्रीमतीले देखी तत्काल उपचारको लागि स्थानीय खाल्टे स्थित आत्मिय सामुदायीक अस्पतालमा पुर्‍याउदा चिकित्सकले मृत घोषण गरेको प्रहरी जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया