शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा नागरिक सञ्जाल सदस्य र मिडिया संग सम्वाद

मंगलवार , फाल्गुण २०, २०८१

सिन्धुली, – सिन्धुलीमाढीमा सकारात्मक यौनिकता सम्बन्धी नागरिक सञ्जाल सदस्य र मिडिया संग सम्वाद गरिएको छ । प्लान इन्टरनेशनलको साझेदारी, नागरिक समाज सञ्जालको समन्वय र मानव तथा राष्ट्रिय विकास समाज ह्याण्स नेपाल सिन्धुलीको आयोजनामा सम्वाद कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा प्रजनन् स्वास्थ्य, यौन शिक्षा, यौनिकता, सुरक्षित गर्वपतन, यौन हिंसा, महिनावारी, यौन रोग, यौनिकता सम्बन्धी नेपालका कानूनहरु, किशोर अवस्था लगायतको बिषयमा छलफल गरिएको छ ।

त्यस्तै यौनिकताको बिषयमा सञ्चार क्षेत्रसंग सम्बन्धीत सवाल, परिवार र समाज संग सम्बन्धित सवाल, नागरिक समाज संस्थासंग सम्बन्धीत सवालहरु, नीतिगत तथा कानूनी सवालहरु र किशोर किशोरी संग सम्बन्धीत सवालहरु उदारण सहित छलफल गरिएको छ ।

ह्याण्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिनोद शार्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नागरिक समाजका सदस्यहरु, किशोरी संजालका सदस्यहरु पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया