शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली उद्योग वाणिज्य संघ निर्वाचनः १३ पदमा प्रतिस्पर्धा

मंगलवार , फाल्गुण २०, २०८१

सिन्धुली –सिन्धुली उद्योग वाणिज्य संघको १५औँ अधिवेशनमार्फत २५ पदको नयाँ नेतृत्व चयन हुने प्रक्रिया अघि बढेको छ । सोमबार उम्मेदवारी दर्ता प्रक्रियामा ३१ जनाले उम्मेदवारी दर्ता गराए पनि १२ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने १३ पदमा प्रतिस्पर्धा कायमै छ ।

निर्वाचन समितिकाअनुसार अध्यक्ष पदमा अर्जुन कुमार श्रेष्ठ र राजकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार अर्जुन कुमार श्रेष्ठले सहमति नभएपछि चुनाव मै जाने तय भएको बताउनुभयोे हो । सहमतिका लागि प्रयास गरेपनि सहमति नभएको उहाँको भनाइ छ । उहाँ भन्नुुहुन्छ, “सहमतिको लागि लामो प्रयास गरेका हौँ । मंगलवारएक दिन बाँकी छ । सहमति हुन निकै गाह्रो छ सायद सहमति हुदैन । सकेसम्म मंगलबार पनि सहमतिको लागि प्रयास हुनेछ ।”

को को भए र्निविरोध निर्वाचित ?

सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको वाणिज्य उपाध्यक्षमा नवीन श्रेष्ठ र्निविरोध निर्वाचित हुनुनभएको छ । सो पदमा श्रेष्ठ बाहेक कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । यस्तै, उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्र्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा र्निविरोध निर्वाचित हुनुभएको हो । कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लाल मान तामाङ, उद्योग सचिवमा प्रकाश काफ्ले, वाणिज्य सचिवमा गोबिन्द खड्का, आजिवन सदस्यमा दिगम्वर चौधरी, एसोसेट सदस्यमा शाह आलम साफी निर्वाचित हुनुभएको छ । साथै महिला सदस्यमा ललिता न्यौपाने र शुशिला श्रेष्ठ निर्वाचिन हुनुभएको छ । चार वटा महिला सदस्यको कोटामा दुई जना महिलाले मात्रै उम्मेदवारी दिएका थिए । बाँकी दुइ वटा खाली छ ।

निर्वाचनमा ककस्को प्रतिस्पर्दा हुदैछ ?

आगामी फागुन २७ गते हुने सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनमा १९ जना प्रतिस्पर्धा गर्दैछन । अध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ । निर्वतमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठले पुनःअध्यक्षको लागि सोमबार उम्मेदवारी दर्ता गर्नुभएको हो । अध्यक्षकै लागि राजकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षका लागि विरवल चौधरी र देव नारायण श्रेष्ठको उम्मेदवारी छ । वस्तुगत उपाध्यक्षको लागि राम कुमार राजभण्डारी र विजय कुमार बस्नेत, महासचिवका लागि बासु प्रसाद भेटवल र मेघ बहादुर कार्कीले उम्मेदवारी दिनु भएका छन् । उपमहासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । सोनी कुमारी झा, युवराज श्रेष्ठ आकाश र नेत्र जंग थापाको उम्मेदवारी रहेको छ । महिला सचिवका लागि शिर्जना श्रेष्ठ र रेजिना श्रेष्ठको उम्मेदवारी छ । खुल्ला सदस्यतर्फ भने पाँच पदका लागि सात जनाबीच प्रतिस्पर्धा हुने भएको छ । खुल्ला सदस्यमा हिमेश श्रेष्ठ , रितेश श्रेष्ठ, संयज शाह, राजकुमार श्रेष्ठ (ओम), रामचन्द्र पौडेल र राम बहादुर विश्वकर्माको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया