शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

लगातार तीन दिन सुनको मूल्य स्थिर

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौँ, १९ फागुन- लगातार तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि नै सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ थियो । त्यसपछि शुक्रबार घटेर तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया