शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा रुखबाट लडेर एक जनाको मृत्यु

आइतवार , फाल्गुण १८, २०८१

सिन्धुली – सिन्धुली रुखबाट लडेर शनिवार एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नं.१० पुर्वेलीटोल बस्ने ५६ वर्षीय प्रेम बहादुर मगर को मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शनिवार बेलुका ५ बजेर ३० मिनेटको समयमा घर भन्दा अंन्दाजी १०० मिटर उत्तर दिशा तर्फ रहेको पटमेरको घाँसको रुख बाट लडी घाइते मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । तत्काल उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौली ल्याएकोमा उपचार गराउने क्रममा मगरको मृत्यु भएको प्रहरी जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया