शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा चट्याङ लागेर तिनजना घाइते

आइतवार , फाल्गुण १८, २०८१

सिन्धुली – सिन्धुलीमा चट्याङ लागेर तिनजना घाइते भएका छन् । शनिबार बेलुका ५ बजे हरिहरपुरगढी गाउँपालिका वडा नं.०१ बसेरीमा अचानक हावाहुरी , बर्षाद सहित चट्याङ पर्दा तिन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते हुनेमा हरिहरपुरगढी गाउँपालिका वडा नं.०१ बसेरी बस्ने बर्ष ५२ बर्षिय सुकुमाया मोक्तान ,सोही ठाउ बस्ने ६५ बर्षीय महन्त रुम्बा र २६ बर्षीय फुलमाया रुम्बा रहेको प्रहरीले जनाएको छ ।

घाईते सुकुमाया मोक्तानको स्वास्थ्य अवस्था गम्भिर रहेकोले उपचारको लागी हेटौडा पठाएको र घाईते रुम्बा द्वयको स्वास्थ्य अवस्था सामान्य रहेकोले स्थानीय मेडिकल गुर्जिमा उपचार भैरहेको प्रहरीको भनाई छ ।

यसैबीच, जिल्लामा आज साँझदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत्का तार र खम्बाहरूमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको थियो । विद्युत् पुनः सञ्चालन गर्ने प्रयास भइरहेको विद्युत् वितरण केन्द्र सिन्धुलीले जनाएको छ ।

 

प्रतिक्रिया