शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्ग पुनःनिर्माणकालागि ८ अर्ब सहमति

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं – अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनःनिर्माणका लागि ८ अर्ब रुपैयाँको सहमति दिएको छ । यससँगै सरकारले बिपी राजमार्ग ठेक्का लगाउने तयारी गरेको छ । गत असोज दोस्रो साता आएको बाढीले क्षति पुर्‍याएको सडक सरकारले आफैँ बनाउने भएको हो । हाल राजमार्गमा अस्थायी संरचनाका लागि काम भैरहेका छन् ।

अर्थले तत्काल १० प्रतिशत रकम उपलब्ध गराउने र बाँकी कामसँगै निकासा गर्ने सहमति भएको हो । करिब ९ अर्ब लाग्ने अनुमान गरिएको उक्त सडक पुननिर्माण गर्न दातृ निकायले चासो देखाए सोही अनुसार सहकार्य गर्दै जाने र अहिलेका लागि बर्खाअघि यातायात सञ्चालन सहज बनाउने गरी मन्त्रालय लागेको हो ।

प्रतिक्रिया