शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सुनकोशी–२, पञ्चकन्यामा १५३ विद्यार्थीलाई न्यानो कपडा वितरण

बिहिवार , फाल्गुण १५, २०८१

सिन्धुली – सुनकोशी गाउँपालिका–२, पञ्चकन्यामा १५३ जना विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको छ । नेकपा (एमाले) की संघीय सांसद माननीय रणकुमारी बलम्पाकी मगरको तथा पासाङ स्याङ्तानको पहलमा युनआइसिएफ संगको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय पञ्चकन्या माध्याबिक विद्यालयका विद्यार्थीहरूलाई ज्याकेट वितरण गरिएको हो ।

कार्यक्रममा माननीय रणकुमारी बलम्पाकी मगर प्रमुख अतिथि रहनुभएको थियो । विशेष अतिथिका भूमिसम्बन्धी समस्या आयोग सिन्धुलीका अध्यक्ष एवं नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य कौशल कोइराला उपस्थित हुनुहुन्थ्यो । साथै, वडा नम्बर २ का अध्यक्ष जीवन बुर्जा, स्थानीय जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

विद्यार्थीहरूलाई चिसोबाट जोगाउन सहयोग यस वर्षको कठ्यांग्रिने जाडोले स्थानीय विद्यार्थीहरू प्रभावित भइरहेका बेला न्यानो कपडा वितरण कार्यक्रमले अभिभावकहरूमा खुसी छाएको छ । पञ्चकन्या माविका १५३ जना विद्यार्थीहरूले ज्याकेट पाएका छन्, जसले १५३ जना विद्यार्थीहरूले ज्याकेट पाएका छन्, जसले उनीहरूलाई चिसो मौसममा राहत मिल्ने विश्वास गरिएको छ ।

विद्यालयलाई भलिबल हस्तान्तरण

उक्त अवसरमा अनेरास्ववियु जिल्ला कमिटीका कोषाध्यक्ष प्रदीप माझीले विद्यालयलाई भलिबलसमेत हस्तान्तरण गर्नुभएको छ । खेलकुद सामग्री प्रदान गरिएकोमा विद्यालय प्रशासनले आभार प्रकट गर्दै विद्यार्थीहरूलाई शारीरिक तन्दुरुस्ती र खेलकुद गतिविधिमा संलग्न गराउन यस्ता सहयोगले ठूलो योगदान पुरÞ्याउने बताएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद रणकुमारी बलम्पाकी मगरले शिक्षा र स्वास्थ्य जस्तै विद्यार्थीहरूको भौतिक सुविधा र सुरक्षा पनि समान रूपमा महत्वपूर्ण रहेको बताउनुभयो । “बालबालिकाहरू हाम्रो भविष्य हुन् । तिनीहरूको शिक्षा मात्र होइन, उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि पनि ध्यान दिन जरुरी छ । यस्तो प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गर्छु” उहाँले भन्नुभयो ।

भूमि समस्या आयोगका अध्यक्ष कौशल कोइरालाले विद्यार्थीहरूलाई प्रदान गरिएको सहयोग प्रतीकात्मक मात्र नभएर भावनात्मक सहयोग पनि रहेको बताउँदै आगामी दिनमा थप यस्ता कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

वडा अध्यक्ष जीवन बुर्जाले आफ्नो वडामा शिक्षा, स्वास्थ्य र भौतिक संरचनाको विकासमा स्थानीय सरकारको पूर्ण ध्यान रहेको बताउनुभयो ।

“विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौ” उहाँले भन्नुभयो ।

स्थानीयको प्रतिक्रिया

विद्यार्थीहरूको अभिभावकहरूले यस्तो सहयोगले आफ्नो छोराछोरीको स्वास्थ्य र सुरक्षामा ठूलो राहत मिल्ने बताएका छन् । “हामी जस्ता सामान्य किसान परिवारका लागि न्यानो कपडा किनेर दिन गाह्रो पथ्र्यो । यस्तो सहयोग पाएर निकै खुसी भएका छौं,” स्थानीय एक अभिभावकले भने ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू पनि निकै उत्साहित देखिन्थे । “हामीलाई चिसोमा धेरै गाह्रो हुन्थ्यो । अब यो ज्याकेटले जाडोबाट जोगिन्छौं । खेल्न भलिबल पनि पाएका छौं, धेरै खुसी छौं,” एक छात्राले भनिन् ।

 

प्रतिक्रिया