शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्गमा बस धुलिखेलमा दुर्घटना,१७ जना घाइते

मंगलवार , फाल्गुण १३, २०८१

काभ्रेपलाञ्चोक १३ फागुन - काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना सवार थिए ।

घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गभ्मीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।

बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ । बस रामेछापको धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकली लागि गुडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया