शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा निर्माण ब्याबसायीमाथी खुकुरी प्रहार

सोमवार , फाल्गुण १२, २०८१

सिन्धुली – सिन्धुलीमा निर्माण ब्याबसायीमाथी खुकुरी प्रहार भएको छ । सुनकोशी गाउँपालिकामा एक दुम्जा/मरिनखोला÷कपिलकोट÷लालबन्दी सडक निर्माणमा खटिएको पेटि ठेक्दारलाई स्थानीयले पैसा माग्दै खुकुरी प्रहार गरेका हुन् ।

श्री जयन्ती÷विरुवा ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियारले आक्रमण गरी घाइते बनाएका छन् । निर्माणमा खटिएका कोइरालालाई केहि समय अपरण नै गरेर पैसा नदिए ज्यान मार्ने भन्दै धम्की समेत दिएका थिए । कोइरालाका अनुसार स्थानीय सुनकोशी गाउँपालिका २ का प्रकाश हायु सोहि स्थानका भीम हायु, हिरा हायु, कान्छा हायु, राजु हायु र ज्ञान बहादुर श्रेष्ठले हातहतियारले आक्रमण गरी घाइते बनाएका हुन् । उनीहरुले दादा भत्ता भन्दै १५ लाख रुपैया मागेका थिए । निर्माण व्यवसाय कोइरालाले पैसा दिन नमाने पछि कुटपिट गरेका हुन् । बाम्बार धम्की दिदै पैसा मागि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अगाडि देखि नै पैसा मागिरहेका थिए । मैले गाउँपालिकामा निवेदन समेत दिएको थिए । गाउँपालिकाले छलफल गराएको र सबै मिलेको भन्दै पूर्ण काम गर्न फर्किन आग्रह गरेपछि म निर्माण फर्किएको हो । निर्माण कार्यमा खटिरहेको ठाउँमा उक्त समुह आए खुकुरी प्रहार गरे । पैसा नदिए ज्यान मार्ने भन्दै खुकुरी घाटिमा राखि रहे, मैले मेरो साथीसँग पाँच लाख पैसा मागे र बेलुका सम्म पैसा आउने भनेपछि मलाई उनीहरुको निगरानीमा छोडेका थिए । सडक निर्माणमा खटिएका मेरा कर्मचारी खाजा खान गएको मौका छोपेर मलाई कुटपिट गरेका हुन् । अन्तमा कर्मचारी आएपछि मैले केहि बहाना बनाएर त्यहाँबाट भागेको हुँ । ” योजनबद्ध ढगंले अपहरण गरेर हातहतियारले आक्रमण गरि घाइते बनाएर साथमा भएको नगद र सुनको सिक्री समेत लुटपाट गरेको कोइरालाले बताउनुभयो । उहाँले घटनामा संग्लन व्यक्ति उपर कारबाहीको लागि प्रहरी कार्यालयमा जारी समेत दिएको बताउनुभयो ।

घटनामा संग्लन प्रकाश हायुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खबर पाएपछि तत्काल प्रकाश हायुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल चौरसियाले बताउनुभयो । उहाँका अनुसार घटनामा संग्लन अन्य व्यक्तिको खोजि कार्य भइरहेको छ ।

यता निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरुको सुरक्षाको पूर्ण प्रत्याभुतिको माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरू माथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो । फागुन ८ गते एकदुम्जा÷मरिनखोला÷कपिलकोट÷लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा महासंघको साधारण सदस्य काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा आबद्ध श्रीजयन्ती÷विरुवा ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियार सहित आक्रमण गरी सख्त घाइते बनाइएको घटनाको सन्दर्भमा महासंघले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ । महासंघले उक्त आक्रमणमा संलग्नलाई तत्काल कानूनी कठघरामा ल्याई कार्वाही गरी, पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन समेत माग गरेको छ। महासंघले निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कार्वाही नगरिए महासंघ देशभरभका निर्माण कार्य ठप्प पारी पेशागत सुरक्षाका लागि आन्दोलनमा उत्रन समेत बाध्य हुने चेतावनी समेत दिएको छ ।

साथै, नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले जिल्ला संगठन सिन्धुलीले पनि घटनामा संग्लनलाई कारबाही गर्न माग गरेको छ । पार्टीले एक विज्ञप्ती जारी गर्दै दोशीलाई कारबाहि गर्न माग गरेको हो ।

प्रतिक्रिया