शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको भाउ बढ्यो, तोलाको कति ?

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं ,११ फागुन - नेपाली बजारमा सुनको भाउ बढेको छ । तर, चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार गत शुक्रबार १ हजार घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार १ लाख ७१ हजार थियो ।

त्यसैगरी चाँदीको भाउ आज आइतबार २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० मा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ हजार ९ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया