शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

 कमलाबाट २०३६ सालमा एसएलसी दिएका विद्यार्थीको पुनर्मिलन

आइतवार , फाल्गुण ११, २०८१

सिन्धुली – सिन्धुलीको तत्कालिन कमला ब्याबसायिक माध्यामिक बिद्यालय हाल कमला मावि विद्यालयबाट २०३६ सालमा एसएलसि दिने ब्याजको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार कमलामाई नगरपालिका ४ ढुंग्रेवासमा कार्यक्रमको आयोजना गरिएको हो ।

पुराना सम्बन्धलाई पुनः स्थापित गर्न पुनर्मिलन कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कमलामाई नगरपालिका ४ ढुंग्रेवासमा रहेको श्री कमला व्यवसायिक माध्यमिक विद्यालय ढुंग्रेबासबाट वि.स २०३६ सालमा कक्षा १० मा अध्ययनरत एव सोहि वर्षका एसएलसी दिने विद्यार्थी र पढाउने शिक्षकको उपस्थिति रहेको थियो । उक्त एसएलसी दिने ब्याजमा ८७ जना विद्यार्थी रहेका थिए । पुनर्मिलन तथा गुरु सम्मान कार्यक्रम समितिको आयोजनामा भएको हो । कृष्ण प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हालको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकालको प्रमुख आथित्यतामा भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक सेरबहादुर तामाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य जय कुमार ढकालले राख्नु भएको थियो । स्वागत मन्तव्य राख्नुहुदै ढकालले पुराना साथीसँग भेट्न पाउँदा पुराना दिनको सम्झना आएको बताउनुभयो । उहाँले पुरानो दिनको सम्बन्धलाई आगमि दिनमा पनि निरन्तना हुने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्र ढकालले यस्ता कार्यक्रमको आयोजना हुदाँ पुरानो सम्बन्धको सम्झना रहिरहने बताउनुभयो । उहाँले समय समयमा पुर्नमिलनको कार्यक्रम आयोजना गरिरहन समेत आग्रह गर्नुभयो । गुरुले सिकाएका राम्रा कुरा साथै बालपनको रमाइलो खुसि साट्साट गर्ने अवसर रहेको बताउनुभयो । ४५ वर्ष पछि आयोजना गरिएको पुर्नमिलन कार्यक्रममा पुराना साथीलाई भेट्ने मौका मिलेको भन्दै २०३६ सालका एसएलसी ब्याजका विद्यार्थीले खुसि साटासाट गरेका थिए । सम्पूर्ण आआफ्नो पेसामा भएपनि पुरानो दिनमा सँगै पढेको सम्झना रहिरहेको उनीहरुले बताएका थिए ।

उनीहरु लामो समय पछि आफना सहपाठीहरुलाई विद्यालयमै भेट्न पाउँदा निकै खुशी देखिन्थे । सहपाठीहरुसँग अतितका मित्रताको सुमधुर क्षणलाई स्मरण गर्दै अतितलाई सम्झदै उनीहरुले आफुले पढेको विद्यालय, कक्षाकोठा र सहपाठीका तस्बिरहरु आफनो मोवाइलमा कैद समेत गरे । लामो समयपछि सहपाठीहरुसँग विद्यालयमा भेट्न पाउँदा निकै खुशी लाग्नुका साथै विद्यार्थी जीवनका पलहरु पुर्नताजगी भएको उनीहरुले बताए । लामो समयको अन्तराल पछि आफुसँगै पढेका सहपाठी र आफु भन्दा जुनियर पूर्व विद्यार्थीहरुलाई भेट्न पाउँदा खुसीको सीमा नै नरहेको जय कुमार ढकालले बताउनुभयो ।

प्रतिक्रिया