शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध फेला

शनिवार , फाल्गुण १०, २०८१

सिन्धुली – सिन्धुलीमा दुर्घटनामा परेको मोटरसाइकलमाथि अनुसन्धान गर्दा प्रहरीले लागूऔषध फेला परोको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका ७ देउजोरमा बिहीबार बेलुका ५ः३० दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका २ का राम बहादुर डिम्दोङ र साजन तामाङ सहित सोहि स्थानका १८ बर्षिय सागर तामाङ र २५ बर्षिय दिपक गौतम छन् ।

प्रहरीका अनुसार राम बहादुर डिम्दोङे रसाजन तामाङ धमला सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । उनीहरु सवार बागमति प्रदेश ०१–००४ क १५६४ नं. बस र महेन्द्रझ्याडी बाट सिन्धुली तर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प ३०८७ नं. मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटना पश्चात इलाका प्रहरी कार्यालय कपिलाकोट बाट प्रहरी घटनास्थलमा पुगेकोमा मोटरसाइकल चालक कमलामाई नगरपालिका २ का २३ बर्षिय राम बहादुर डिम्दोङ लाई केहि नभएको र २२ बर्षिय साजन तामाङ सामान्य घाइते भएकोमा उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पठाइएको थियो ।

प्रहरीले चेकजाँचको क्रममा उनीहरु सवार मोटरसाइकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल क्याप्सुल १३४ पिस र ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल १५४ पिस लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसिया जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद लिई थप अनुसंधान भई रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया