शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

शनिवार , फाल्गुण १०, २०८१

सिन्धुली – सिन्धुलीमा एक शिक्षक आफ्नै विद्यालयकी छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । मरीण गाउँपालिका.वडा १, बसेरी स्थित निम्न माध्यमिक विद्यालय, बसेरीको विज्ञान शिक्षक जाजरकोट भेरी नगरपालिका वडा नं.–९ बस्ने वर्ष २२ को गोरख वि.क.लाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शिक्षक वि.क.ले सोहि विद्यालयको कक्षा ८ मा अध्यनरत १४ बर्षीय बालिकालाई प्रश्नपत्र दिन्छु भनि कोठामा बोलाई बुधबार राती अन्दाजी १०ः३० बजेदेखि अन्दाजी ०३ः०० बजेसम्म पटक पटक जवरजस्ति बलात्कार गरेको आरोपमा शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खडकाले जानकारी दिनुभयो ।

शुक्रवार सोहि विद्यालयको व्यवस्थापन समिति, शिक्षकहरु, सोहि वडाका वडा अध्यक्ष समेत भेलाजम्मा भई घटनाकाबारेमा छलफल हुँदा वडाका वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएकोले तत्काल प्रहरी चौकी, हरीहरपुर गढीबाट खटी गएका प्रहरी टोलीले पिडित बालिकाको उद्धार गर्नुको साथै पिडक शिक्षकलाई नियन्त्रण लिई थप अनुसन्धान सुरू गरिएका प्रहरी नायव उपरीक्षक खडकाले बताउनुभयो ।

किशोरीलाई ललाइफकाइ गरेर करणी भएको हुनसक्ने भन्दै कानुनअनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक खडकाले बताउनुभयो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइ फकाइ वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही उल्लेख छ ।

कानुन अनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

प्रतिक्रिया