शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा सवारी दुर्घटनामा परी दुई जना घाइते

शुक्रवार , फाल्गुण ९, २०८१

सिन्धुली – सिन्धुलीमा कारले मोटर साईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । बिपी राजमार्गको गोलन्जोर गाउँपालिका वडा नं.७ माथिल्लो बारामा आज(शुक्रवार) बिहान १० बजेतिर कारले ठक्कर दिँदा मोटरसाईकल चालक र मोटरसाइकल पछाडी सवार घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काठमाडौँबाट बिराटनगरतर्फ आउदै गरेकौ बि ए सि १९७९ नं. कारले बर्दिबासबाट काठमाडौँ जादै गरेको ना ३० प ८३२६ नं. मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका–५ बस्ने बर्ष ३० को सुर्य प्रसाद आचार्य र मोटरसाइकलमा पछाडी सवार बारा जितपुरसिमरा उपमहानगरपालिका–४ बस्ने बर्ष ३१ को लोकनाथ वाग्ले घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते आचार्यको अवस्था गम्भिर र वाग्लेको समान्य रहेको र दुवैजनाको उपचारको लागि शुभ–जिवन अस्पतालम खुर्कोट पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसिया जानकारी दिनुभयो । कार र चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया