शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमै गुणस्तरीय कम्प्युटर शिक्षा र विदेश अध्ययनको अवसर एकै ठाउँबाट

बुधवार , फाल्गुण ७, २०८१

सिन्धुली,– सिन्धुलीमाा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दैै एम.आई.टि एजकुशेन सेन्टर सञ्चालनमा आएको छ । जिल्लामै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले एमआईटिको स्थापना गरिएको संचालक तथा अध्यक्ष मिलन थापाको भनाई छ । यो केन्द्रले अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय कम्प्युटर शिक्षा, कोरियन भाषा, जापानीज भाषा, IELTS/PTE कक्षाको साथै विदेश अध्ययनको लागि आवश्यक सम्पूर्ण प्रक्रियामा सहयोग गर्ने थापाले बताउनुभयो ।

गुणस्तरीय कम्प्युटर शिक्षा

एमआईटिले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग समायोजन गर्न कम्प्युटर सम्बन्धी विभिन्न कोर्सहरू सञ्चालन गरिरहेको छ । यस अन्तर्गत बेसिक कम्प्युटर, ग्राफिक्स डिजाइन, वेब डेभलपमेन्ट, प्रोग्रामिङ, डिजिटल मार्केटिङ तथा हार्डवेयर नेटवर्किङ सम्बन्धी कोर्सहरू समावेश गरिएको अध्यक्ष थापाले बताउनुभयो । डिजिटल युगसँग कदम मिलाउँदै अगाडि बढ्न चाहने विद्यार्थीहरूका लागि यो केन्द्र एक उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

जापानीज र कोरियन भाषा अध्ययनको विशेष अवसर

हाल सिन्धुलीबाट अध्ययन, रोजगारी र बसोबासकालागि जापान जानेको संख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ । जापानप्रति जिल्लाका विद्याथर्जीको आकर्षण बढिरहेको अवस्थामा एमआईटिले जापानी भाषा (N5, N4, N3 स्तर ) सिक्न चाहने विद्यार्थीहरूका लागि व्यवस्थित कोर्स, अनुभवी शिक्षकहरू तथा प्रभावकारी सिकाइका प्रविधिहरू उपलब्ध गराउने थापाको भनाई छ । जापानी भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई JLPT (Japanese Language Proficiency Test) तयारी गराउने विशेष कक्षा समेत सञ्चालन गरिने थापाले बताउनभुयो ।

IELTS/PTE को व्यवस्थित तयारी कक्षा

विदेशमा अध्ययन गर्न वा काम गर्न चाहने विद्यार्थीहरूका लागि IELTS (International English Language Testing System)तथा PTE (Pearson Test of English) महत्वपूर्ण परीक्षा हुन् । सिन्धुलीमै एमआईटिले यी परीक्षाहरूको तयारी गराउन अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, अनुभवी प्रशिक्षक तथा व्यावहारिक अभ्यास सहितको अध्ययन सुविधा उपलब्ध गराइएको थापाले ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेश जानकै लागि सिन्धुली छोडेर अन्य जिल्ला जानुपर्ने अव्सथालाई तोड्न हामीले अनुभवि प्रशिक्षकद्वारा कक्षा संचालन गरिरहेका छौँ । अब आफ्नै घरमा बसेर काठमाडौँमा भन्दा राम्रो ढंगबाट विद्यार्थीलाई प्रशिक्षित गरिनेछ । एकपटक यहाँको सिकाइ र अध्ययन गराउने तरिका हेर्न आउन विद्यार्थीलाई अनुुरोध गर्दछु ।’ विशेषरूपमा, Speaking, Writing, Listening, Reading सबै पक्षमा उच्च स्तरीय तयारी गराइने थापाको भनाई छ ।

छात्रवृत्तिको अवसर र विशेष छुट

एमआईटिले उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्दै विद्यार्थी आकर्षित गरिरहेको छ । साथै, हालै उदघाटन भएको अवसरमा प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

सुविधासम्पन्न अध्ययन वातावरण

विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण उपलब्ध गराउन केन्द्रमा सुविधासम्पन्न कक्षा कोठाहरू, प्रोजेक्टर तथा मल्टिमिडिया प्रविधि, इन्टरनेट सुविधासहितको डिजिटल ल्याब जस्ता संरचनाहरू तयार गरिएका छन् ।

एमआईटिका अध्यक्ष मिलन थापाले भन्नुभयो, “सिन्धुलीमा अन्तर्राष्ट्रिय स्तरको भाषा र प्रविधि शिक्षा दिन सक्ने संस्थाको आवश्यकता महशुस गरेर यो केन्द्र स्थापना गरिएको हो । हामी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ ।”

सिन्धुलीका विद्यार्थीहरू अब उच्च शिक्षा तथा प्रविधिसँग सम्बन्धित सीप सिक्न राजधानी वा अन्य सहर जानु पर्ने बाध्यता हट्ने आशा गरिएको छ । इच्छुक विद्यार्थीहरूका लागि भर्ना प्रक्रिया खुला भइसकेको र विस्तृत जानकारीका लागि एमआईटि सिन्धुलीमा सम्पर्क गर्न थापाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया