शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा टिफरबाटै २५० बोरा सिमेन्ट चोरी

बुधवार , फाल्गुण ७, २०८१

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा टिफरबाटै सिमेन्ट चोरी भएको भन्दै प्रहरीमा निवेदन परेको छ । न्यु मनास्लु निर्माण सेवा प्रा.लि. काठमाडाँैले खोटाङ जिल्लामा सञ्चालित राया इनर्जी हाइड्रो पावरको लागि मिचैयाको मारुति सिमेन्ट फ्याक्ट्रीबाट गत माघ २८ गते जम्मा १२ वटा टिफरमा २५० बोराका दरले सिमेन्ट लोड गरेर पठाएकोमा ११ वटा टिफरले सामान पु¥याएको र एउटा टिफर बेपत्ता रहेको निवेदनमा उल्लेख गरिएको छ ।ना ८ ख ७१०७ नम्बरको टिफर बिच बाटोबाटै बेपत्ता भएको निवेदनमा उल्लेख गरिएको छ ।

न्यू मनास्लु निर्माण सेवा प्रा.लिका सोम प्रसाद खतिवडाले प्रहरीमा दिएको निवेदन अनुसार दुधौली बजारको सि.सि. क्यामेरा चेकजाँच गर्दा बजार क्षेत्रका पसलमा टिफर चालकले सिमेन्ट लोड गरेर हिडेकै दिन बेलुका ६ बजेको समयमा हार्डवयर पसलेलाई सिमेन्ट किन्न अनुरोध गरिएको समेत देखिएको थियो । चालकले अन्त कतै सामान बेचेर दुधौली नगरपालिका वडा नं. ९ खिरियानी छतिवन गाछीमा खाली टिफर छोडी फरार रहेको निवेदनमा भनिएको छ ।

उक्त टिफर साहु सिरहा मिर्चैयाका शितल कुमार शाहले अर्को चालक ल्याइ यस विषयमा उतै गएर छलफल गर्ने भनी टिफर लगिसकेको खतिवडाले बताउनुभयो । हाल उक्त विषयमा कुरा गर्दा गैरजिम्मेवारी जस्तो कुरा गर्ने र टिफर व्यवसायी संघका अध्यक्ष कर्ण ठाकुरले समेत गाडी साहुको मिलेमत्तो नरहेको भन्दै उल्टै आफैलाई आरोप लगाएको उहाँले गुनासो गर्नुभयो ।

टिफर साहुलाई यस घट्नाको विषयमा कुरा गर्न बोलाउदा नआएको हुनाले साहु र चालक दुवै पक्ष मिलेर नै सामान चोरि गरेको हुन सक्ने उहाँले बताउनुभयो । गाडी साहू सहित गाडी चालक रत्नावती–६, सिन्धुलीका लाइसेन्स नम्बर ०२–०४–००३०८१९२ को खेम बहादुर कार्की (शक्ती कार्की)लाई छानविन गरि आवश्यक कानुनी कार्वाही प्रक्रिया अगाडी बढाउन निवेदन मार्फत अनुरोध गरिएको छ ।

यस घट्नाबारे अनुसन्धान भइरहको इलाका प्रहरी कार्यालय डकाहका प्रहरी निरिक्षक सिमोन धितालले बताउनुभयो । उहाँका अनुसार टिफर चालक र साहु नै सम्र्पकमा आएका छैनन् । खोजि कार्य भइरहेको छ । यस बारे थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया