सिन्धुली, — सिन्धुलीको तिनपाटन गाउँपालिकामा विभिन्न विकास योजनाहरुमा आर्थिक अनियमिता भएको आरोप लागेको छ । गाउँपालिकामा भएका योजनाहरू र कार्यहरूको अनुगमन गर्नमा कडा असफलता भएको र ठेक्का प्रक्रियामा अनियमितता र घोटालाका कारण सरकारी रकमको दुरुपयोग भएको खुलासा भएको छ ।
गाउँपालिकामा सम्पन्न भएका सडक मर्मत, विद्यालय भवन निर्माण र सामुदायिक भवन निर्माण योजनामा ठेक्का प्रक्रियामा ठूलो अनियमितता भएको खुलासा भएको छ । स्रोतका अनुसार, निर्माण कार्य अघि बढ्नुअघि नै ठेकेदार चयन गरिएको थियो योजना अनुगमन गर्ने कर्मचारीको ध्यान नपुग्दा ठेकेदारले काम नगरी मात्र बिल पेश गरेका छन् । स्थानीय नागरिकहरूका भन्छन, “हामीले योजना पूरा नगरी बिल पास गरिएका छन् भन्ने थाहा पाएपछि निकै दुःखी छौँ । यो ठूलो भ्रष्टाचारको घटना हो ।”
घोटालाको अर्को भाग नक्कली सामग्रीको प्रयोगमा आधारित छ ।“ ठेकेदारहरूले निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरेका छन् । यसबाट योजनाको गुणस्तरमा गिरावट आएको र धेरै योजना अझै अधुरो अवस्थामा रहेका छन् ।” एक स्थानीयले भने, “हामीले थाहा पाएका छौँ कि सामुदायिक भवन निर्माणका लागि नक्कली सामग्री प्रयोग गरिएको छ । यो हाम्रो गाउँको भविष्यसँग खेलवाड गर्नेजस्तो हो ।”
यस्ता घटनाले प्रशासनिक निगरानीको ठूलो अभावलाई पनि उजागर गरेको छ । स्थानीय प्रशासनिक कर्मचारीहरूले ठेकेदारका कार्यहरूको जाँच नगरी योजनाहरू अघि बढाइ दिएका छन् । कर्मचारीहरूको संलग्नताले यस घटनामा एक नया कोण थपेको छ, जसका कारण प्रशासनिक कार्य प्रणालीमा गम्भीर प्रश्न उठेका छन् ।
एक स्थानीयले भने, “यस्तो खाले भ्रष्टाचार कुनै साधारण घटना होइन, यो गाउँका विकास र जनताको भविष्यसँग जोडिएको छ । यदि यो घटनामा कडा कदम नचालिए, भने हामी स्थानीय नागरिकहरूले विरोध गर्नेछौँ ।”
यस्ता घटनाले स्थानीय नागरिकहरूमा गहिरो आक्रोश सिर्जना गरेको छ । जनताले कडा कारबाहीको माग गर्दै दोषीलाई शीघ्र पहिचान गर्न र प्रशासनिक प्रक्रियामा सुधार ल्याउनका लागि आवाज उठाएका छन् । एक स्थानीय ले भने, “यस्ता भ्रष्टाचारको घटना साँचै चिन्ताजनक हो । यस्ता घटना रोक्नका लागि प्रशासनलाई जिम्मेवार बनाउन जरुरी छ । हामीले प्रशासनको कार्यप्रणालीमा सुधार र पारदर्शिता चाहन्छौं ।”
स्थानियले यस्ता घटनाहरूलाई निराकरण गर्नको लागि दीर्घकालीन सुधारका कदम आवश्यक छन् । सरकारी योजनामा पारदर्शिता, निगरानी र समुचित मूल्यांकन प्रक्रिया लागू नगरी यस्ता भ्रष्टाचारका घटना बढ्न सक्छन् । उनिहरुले भने, “यदि प्रशासनले भविष्यमा निगरानी र पारदर्शिता सुनिश्चित गर्न सक्नुभयो भने, यसले यस्ता घटनाहरूलाई रोक्न मद्दत पु¥याउनेछ ।”
तिनपाटन गाउँपालिकामा हुने यस्त भ्रष्टाचारको घटना गाउँको समग्र विकासमा प्रतिकूल असर पु¥याउन सक्ने सम्भावना छ । यस्ता घटनाहरूलाई रोक्नका लागि प्रशासनिक सुधार र कडा कदमहरू आवश्यक छन् । यदि प्रशासनले समयमै आवश्यक कदम चालेन भने, यसले जनताको विश्वास र सरकारी योजनाको उद्देश्यमा ठूलो धक्का पु¥याउन सक्छ ।