सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै रहेको त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा आयोजना गरिने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तयारी तिब्र तयारी तिव्र भईरहेको छ । यहि फागुन ७ गते देखि १५ गते सम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा नेपालका प्रथम जगतगुरु बालशन्त मोहनशरण देवाचार्य महाराज गुरुले श्रीमदभागवत महापुराणमा कथा प्रचवन हुने पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ। ।
सिन्धुलीमाढीमा आइतबार आयाजित पत्रकार सम्मेलन महापुराणको लागि आवश्यक तयारी भइरहेको बताउदै यसको प्रचारप्रसार गरिरहेको मन्दिर ब्यवस्थापन समितका अध्यक्ष दानबहादुर मगरले जानकारी दिनुभयो । महापुराणमा दैनिक १५ सय देखि १७ सय भक्तजनहरु बस्न मिल्ने गरि स्थानहरुको ब्यवस्थापन, बाहिरी जिल्ला बाट आउने भक्तजनहरुको लागि बासको ब्यवस्थापन, प्राथमिक उपचार संगै एम्बुलेन्सको सुविधा, मन्दिर सम्म पुग्नको लागि ज्येष्ठ नागरिक तथा अशक्त ब्यक्तिहरुको लागि सिन्धुलीमाढी बाट गाडीको सुविधा गरिने उहाँले जानकारी दिनुभयो ।
त्यसै गरी कमलामाई नगरपालिकाका निवर्तमान मेयर खड्ग खत्रीले सप्ताह ज्ञान महायज्ञ आवश्यक तयारी पुरा भएको बताउनुभयो । जोतिर्लिङ्गको प्रचार प्रसार सहित यस तिर्थ स्थलको भौतिक विकासका उन्नयनको लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको खत्रीको भनाई छ । साथै, उहाँले त्रयम्बकेश्वर ज्योतिर्लिङ्गलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएकाले थप प्रचारप्रसारका लागी सहयोग गरिदिन सम्पूर्ण जिल्लावासी, सञ्चारकर्मी लगायत सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।
महापुराण बाट प्राप्त सहयोग बिशेष गरि मन्दिरको लागि जग्गा खरिद गरिने र मन्दिरको उन्नयन र समृद्धिको लागि खर्च गरिने उहाँले जनाउनुभयो । खत्रीका अनुसार, फागुन ७ गते बुधवार सिन्धुलीमाढी स्थित २ नं. बजार भीमसेन मन्दिरबाट कलश यात्रा सहित झाँकी, नौमती बाजा लिएर नगर परिक्रममा गरी चियाबारी मा रहेको त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिर प्राङ्गण पुग्ने छ ।
शिवपुराण, स्कन्दपुराण, वृहत् विष्णुपुराण र वाल्मीकि रामायण आदि धर्मग्रन्थहरूमा वर्णन गरिएको १२ जोतिर्लिङ्ग मध्य प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिङ्ग पवित्र गौमती तटमा विराजमान रहेको धार्मिक विश्वास रहेको छ । कमलामाई नगरपालिका २ चियाबारी बाट करिब दुई किलोमिटर उत्तरपट्टि रहेको ब्रह्मगिरी पर्वतको फेदमा महर्षि गौतम र माता अहिल्याको पौराणिक तपस्थली धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार पवित्र तथा शास्त्रीय रूपमा चर्चित त्रयम्बकेश्वर जोतिर्लिङ्ग उत्पत्तिस्थल भएको विश्वास छ ।