शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाहुँदा दुईजना घाइते

शुक्रवार , फाल्गुण २, २०८१

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्वर २ गैरीमा मोटरसाइकल दुर्घटनाहँुदा दुईजना घाइते भएका छन् ।

चकमके सिन्धुली भित्री सडक खण्डमा बिहिवार बेलघारीबाट सिन्धुलीतर्फ आउदै गरेको ज ११ प ९९११ नं.को यमाहा कम्पनिको मोटरसाइकल ब्रेक नलागि अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक रौतहट गौदी माया नगरपालिका ८ बस्ने बर्ष २५ को उमेश रमाहारा र सोही मोटरसाइकल पछाडी सवार सिन्धुली तीनपाटन गाउँपालिका वडा नम्वर ८ जोगीडाँडा बस्ने बर्ष ४२ को फणिन्द्र श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

घाइते रमाहारा टाउको ,दाँहिने हात कोखामा चोट अवस्था मध्यम र फणिन्द्र श्रेष्ठ दाँहिने गोडा र मुखमा चोट अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेको सिन्धुली अस्पताल सिन्धुली उपचार भई रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलघारीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया