शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा भैंसीले हान्दा एकको मृत्यु

बिहिवार , फाल्गुण १, २०८१

सिन्धुली – सिन्धुलीमा भैंसीले हानेर एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ नौबिसे गाउँपालिका निवासी ७५ वर्षीय गोपाल घर्तीको बुधवार मृत्यु भएको हो ।

मृतकको माइलो छोरा फडिन्द्र भुजेलको सुनकोशी गाउँपालिका वडा नम्बर ३ नौबिसेमा रहेको गोठमा बाँधेको भैसीलाई घाँस हाल्न जादा अचानक भैंसीले बाधीरहेको किला भाँची निज गोपाल घर्तिलाई हानी घाईते बनाएको अवस्थामा निजको छोरा फडिन्द्र भुजेलले बुधवार ०८ः०० बजे गोठमा गई हेर्दा मृृत अवस्थामा फेलापारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

प्रतिक्रिया