शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाई नगरपालिमा रित्तो गाग्री प्रदर्शन

बिहिवार , फाल्गुण १, २०८१

सिन्धुली,– सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर १२ बुदुनाका स्थानियले बुधवार कमलामाई नगरपालिका कार्यालय अगाडि रित्तो गाग्री सहित प्रदर्शन गरेका छन् । कमलामाई नगरपालिका बाट खानेपानीको मुहानमा देखिएको विवाद निराकरण हुनु पर्ने भन्दैै स्थानियले कार्यालय अगाडि आएर रित्तो गाग्री सहित प्रदर्शन गरेका हुन् ।

दातृ निकायको सहयोगमा खानेपानीको लागि पुर्वाधारका काम थालिसकेको अवस्थामा छिमेकी ११ नम्वर वडाबासीले गरेको विरोधका कारण काम रोकिए पछि स्थानीय प्रदर्शनमा उत्रेका हुन् । १२ नम्वर वडाबासीलाई खानेपानी वितरण गर्दा ११ नम्वर वडामा सिंचाई सुविधा नहुने भनी सो वडाले विरोध गरेपछि समस्या उत्पन्न भएको उनीहरुको गुनासो छ । सम्वन्धित निकायले विवाद समाधान नगर्दा त्यस वडाका १ सय ६० घर परिवार खानेपानी बाट बञ्चित हुने अवस्था आएको उनिहरुको गुनासो छ ।

स्थानीयले नगर कार्यपालिका बैठक बस्ने जानकारी पाएर सोही बैठक बाट मुहान सुनिश्चित गर्न दबाब दिने र कामको प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखी आन्दोलन गरेको बताएका छन् । यता कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले भने दुबै वडाका स्थानियबासीलाई राखेर छलफल गरी समस्याको समधान गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया