शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मिनीट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरे

आइतवार , माघ २७, २०८१

मुग्लिन (चितवन), २७ माघ - चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ खसीबोका मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो । दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया