सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाको चकमके सिन्धुलीमाढी भीत्री कच्ची सडक खण्डको तिनपाटन गाउँपालिका वडा नं. ५ जौखोरीया सडक खण्डमा शुक्रवार दिउसो मोटरसाइकल दुर्घटनामा परी एक जना घाइते भएका छन ।
तिनपाटन गाउँपालिकाको मजुवाबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा ७६ प ६९२२ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक देखि अंन्दाजी १५ मिटर तल खसि दुर्घटना हुदा एक जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा मोटरसाईकल चालक तिनपाटन गाउँपालिका वडा नं. ५ करौजे बस्ने वर्ष २८ को केशब श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठकोे टाउको र शरीरमा दरालीएको चोट,अवस्था गम्भीर (बोल्न नसक्ने) ले सिन्धुली अस्पतालसामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल, पठाइएको प्रहरूले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडी सवार तिनपाटन गाउँपालिका वडा नं. ५ भदारे बस्ने वर्ष २३ को बिमल रोक्कालाई केहि नभएको प्रहरीको भनाई छ ।