शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामापरी एक जना घाइते

बिहिवार , माघ २४, २०८१

 

सिन्धुली – बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं.६ चैनपुरसडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जना घाइते भएका छन ।

ओखलढुंगाबाट काठमाडौतर्फ तर्फ जाँदै गरेको बा ५५ प ५१४३ नम्बरको मोटरसाईकल बुधवार दिउसो ४ः३० बजे आफै अनियन्त्रित भइ दुर्घटना हुँदा एक जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मोटरसाईकल चालक ओखलढुंगा मोलुङ गाउँपालिका ५ बस्ने वर्ष ५२ को दिपक कुमार कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते कार्कीको छातीको ३ वटा करङ भाचीएकोले आत्मिय सामुदायिक अस्पताल खाल्टेमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल, पठाइएको प्रहरूले जनएको छ ।

प्रतिक्रिया