शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा दुई मोटरसाइकल जुध्दा तिन जना घाइते

बुधवार , माघ २३, २०८१

सिन्धुली – सिन्धुलीमा भएको मोटरसाइकल दुर्घटनामापरी तिन जना घाइते भएका छन । मंगलवार दिउँसो ११ बजे मदनभण्डारी राजमार्ग अन्तरगत दुधौली नगरपालिका ९ पेट्रोलपम्पमा डकाहाबाट आंपडाडा तर्फ जानको लागि मोडदै गरेको बा.१.ब ८०७३ नं.को दुधौली नगरपालिकाको मोटरसाइकललाई सोहि दिशाबाट आउदै गरेको स ९ प ८२९९ नं. मोटर साइकलले ठक्कर दिई दुर्घटना हुदाँ तिन जना घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

दुर्घटनामा परी घांईते हुनेमा बा १ ब ८०७३ नम्बरको मोटरसाइकलको चालक दुधौली नगरपालिकको कर्मचारी दुधौली नगरपालिका .३ बस्ने वर्ष ४२ को रामेश्वर लाल कुमरको दुवै खुट्टामा चोट अवस्था सामान्य र सोही मोटरसाइकलमा पछाडी सवार दुधौली नगरपालिकको कर्मचारी सोही नगरपालिका १ बस्ने वर्ष २५ की रमना सापकोटाको वाया घुडामा चोट अवस्था मध्यम (बोली रहेको) रहेको प्रहरीले वनाएको छ । निजहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अर्का घाईते स ९ प ८२९९ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका १० बस्ने वर्ष २७ को लाल बाबु अधिकारीको टाउको ,दुवै खुट्टा र दुवै हातमा चोट अवस्था मध्यम बोली रहेको निज घाईतेलाई स्थानिय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाडौँ तर्फ पठाइए प्रहरीले जनाएको छ । ।

 

प्रतिक्रिया