सिन्धुली, – सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालको संयोजकत्वमा सुनकोशी गाउँपालिका स्थित विपि राजमार्गमा संचालित होटलहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले विपि राजमार्गमा संचालित २० वटा होटलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा २२ हजार ५ सय रुपैयाको म्याद गुज्रिएको सामानहरु बरामद गरि नष्ट गरिएको र ब्यवसायीलाई २५ हजार जरिवाना गराइएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले जानकारी दिनुभयो ।
साथै १३ वटा ब्यवसायलाई मापदण्ड अनुसार संचालनको लागि निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, पत्रकार, प्रहरी कार्यालयका प्रतिनिधी सहितको टोलिले संयुक्त रुपमा अनुगमन गरेको हो ।