सिन्धुली – सिन्धुलीमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । फेला परेका छन् । सोमबार गोलञ्जोर गाउँपालिकाको मुलडाडामा ३/४ किलो मिटर पूर्व रहेको जंगलमा गाई गोरु, बाख्रा चराउन गएका वृद्ध मंगलवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ मुलडाडाका ६० वर्षीय बलबहादुर आले मगर र सोमबार दिउँसो ३ बजेको समयमा मुलडाडा जंगलमा बस्तु चराउन गएका घर नआएपछि प्रहरीलाई खबर गरेको र प्रहरी चौकी ग्वालटारबाट खटिएको प्रहरी टोली र स्थानीयले वृद्धलाई गोलन्जोर गाउँपालिका २ स्थित फुर्केडांडा भटोलेख खोलाको पानीको दहमा घोप्टो परि अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका जानकारी दिनुभयो ।
यसैगरी सिन्धुली तिनपाटन गाउँपालिकापा ११ आपटार बस्ने वर्ष५६ को रुद्र बहादुर भट्टराई सोमवार घरमा कोही कसैलाई नसोधी हिडेकोमा घर परीवारले खोज्दै जाने क्रममा मंगलवार घर भन्दा अं. १ किलोमिटर पुर्वमा रहेको द्वारखोलाको पानीमा लडी अचेत अवस्था फेला पारी प्राथमीक स्वास्थ्य केन्द्र लाम्पान्टार चकमके लगिएकोमा स्वास्थ्य चौकी पुग्न साथै डाक्टरले मृत घोषणा भएको प्रहरीले जनाएको छ
यस्तै सिन्धुलीमा मंगलवार पानीको पोखरीमा डुबी एक बालकको मृत्यू भएको छ । मरिण गाउँपालिका.वडा नं.०५ बढी मुहानमा बस्ने सन्त बहादुर वाईबाको १८ महिनाको छोरा आवाश वाईवा आफ्नो घरदेखि उतर तर्फ रहेको सोही ठाउबस्ने बस्ने निल कुमार बि.क.को पानीको पोखरीमा डुबेको अबस्थामा फेला पारी उपचारको लागी प्राथमिक स्वाथ्य केन्द्र कपिलाकोटमा लगिएकोमा डा.द्धारा मृत घोषणा गरेको सिन्धुली प्रहरीले जनाएको छ ।