सिन्धुली – सिन्धुलीमा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एसका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र माया देवी थापा, विजिता कटुवाल सहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किएको नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।
उहाँहरुलाई एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलसहित सिन्धुली जिल्ला इञ्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य मनोजजंग थापा, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकोटा नेताहरुले स्वागत गर्नु भएको थियो ।
नेकपा एस पार्टीको औचित्य सकिएको र एमालेको विकल्प नरहेको निश्कर्षसहित पुरानो घरमै फर्किएको बताएका छन् । नवप्रवेसी नेताहरुले एमालेको नेतृत्वमा मात्रै वामपन्थीको एकता सम्भव भएको भनाइ थियो । उनिहरुले अव पनि नेकपा एसमा रहेर आफ्नो जीवन बर्वाद बनाउने काम नगर्न सवैलाई अपिल गरेको छन ।