शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ट्याक्टर दुर्घटनामा दुई जना घाईते

सोमवार , माघ २१, २०८१

सिन्धुली – मदन भण्डारी राजमार्ग  अन्तरगत सिन्धुलीको मरिण खण्डमा आइतवार बेलुका ६ :४५ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन ।

सिन्धुलीबाट मरिणतर्फ जाँदै गरेको (ट्याक्टरको अगाडीको भाग माटोमा जोतिएको कारण हाल नम्बर खुल्न नसकेको) सिमेन्ट र रड लोड ट्याक्टर कमलामाई नगरपालिका वडा नं.१ बलौटा गुडिरहेको अवस्था इन्जिनको भागबाट अचानक ट्रेलरको भाग खुस्की अनियन्त्रि भई दुर्घटना हुदाँ ट्याक्टरमा सवार दुईजना घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टर चालक तथा साँहु ा सिन्धुली कमलामाई नगरपालिका वडा नंं १ कुण्ड बस्ने अंन्दाजी बर्ष ३४÷३५ को केशव माझीको ढाड र अनुहारमा चोट अवस्था मध्यम रहेको र सोही बस्ने धन बहादुर माझीको छोरा बर्ष अन्दाजी अं.१३÷१४ को अर्जुन माझी टाउको,ढाड र बाँया खुट्टामा चोट अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईते दुबैजनाको काठमाडौँ मेडिका कलेज सिनामंगक काठमाण्डौमा लगि उपचार भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया