काठमाडौँ ,१३ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १३ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ४२ पैसा र विक्रीदर १३४ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा र विक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा र विक्रीदर १६९ रुपैयाँ ४० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ५६ पैसा र विक्रीदर १४९ रुपैयाँ २३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र विक्रीदर ८८ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र विक्रीदर ९७ रुपैयाँ ८६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया २६ पैसा र विक्रीदर ९८ रुपैयाँ ७० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ३२ पैसा र विक्रीदर ८ रुपैयाँ ३६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र विक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५८ पैसा र विक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६३ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १० पैसा र विक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०९ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ८८ पैसा र विक्रीदर ४३६ रुपैयाँ ८३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५५ रुपैयाँ ५१ पैसा रहेको छ ।
