शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , आषाढ १२, २०८१

काठमाडौँ ,११ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार ११ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २४ पैसा र विक्रीदर १३३ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र विक्रीदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र विक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया १७ पैसा र विक्रीदर १४९ रुपैयाँ ८४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५४ पैसा र विक्रीदर ८८ रुपैयाँ ९४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४० पैसा र विक्रीदर ९७ रुपैयाँ ८४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४७ पैसा र विक्रीदर ९८ रुपैयाँ ९१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ३५ पैसा र विक्रीदर ८ रुपैयाँ ३९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र विक्रीदर ३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २८ पैसा र विक्रीदर २८ रुपैयाँ ४१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६० पैसा र विक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र विक्रीदर १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ४२ पैसा र विक्रीदर ४३६ रुपैयाँ ३७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५५ रुपैयाँ ०५ पैसा रहेको छ ।

प्रतिक्रिया