काठमाडौँ ,१० असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १० गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३६ पैसा र विक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र विक्रीदर १४३ रुपैयाँ २४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र विक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया १९ पैसा र विक्रीदर १४९ रुपैयाँ ८६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५६ पैसा र विक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३७ पैसा र विक्रीदर ९७ रुपैयाँ ८१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४२ पैसा र विक्रीदर ९८ रुपैयाँ ८६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ३५ पैसा र विक्रीदर ८ रुपैयाँ ३८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र विक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६० पैसा र विक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र विक्रीदर १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १२ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ५४ पैसा र विक्रीदर ४३६ रुपैयाँ ४९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५५ रुपैयाँ ३३ पैसा रहेको छ ।