शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , आषाढ ७, २०८१

काठमाडौँ ,०६ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार ०६ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २४ पैसा र विक्रीदर १३३ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ २३ पैसा र विक्रीदर १४३ रुपैयाँ ८८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र विक्रीदर १७० रुपैयाँ ३७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ६६ पैसा र विक्रीदर १५१ रुपैयाँ ३३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८८ रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १७ पैसा र विक्रीदर ९७ रुपैयाँ ६१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६६ पैसा र विक्रीदर ९९ रुपैयाँ १० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४४ पैसा र विक्रीदर ८ रुपैयाँ ४८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र विक्रीदर ३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ६५ पैसा र विक्रीदर ४३६ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५० पैसा र विक्रीदर ३५५ रुपैयाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया