शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , जेठ १७, २०८१

काठमाडौँ ,१७ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ १७ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०६ पैसा र विक्रीदर १३३ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र विक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ५८ पैसा र विक्रीदर १७० रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ६१ पैसा र विक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र विक्रीदर ८८ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३१ पैसा र विक्रीदर ९७ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५३ पैसा र विक्रीदर ९९ रुपैयाँ ९७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४६ पैसा र विक्रीदर ८ रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र विक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २९ पैसा र विक्रीदर २८ रुपैयाँ ४२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७३ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र विक्रीदर १२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ ११ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ६५ पैसा र विक्रीदर ४३५ रुपैयाँ ६० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३५३ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया