काठमाडौँ ,१५ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ १५ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७२ पैसा र विक्रीदर १३३ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र विक्रीदर १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र विक्रीदर १७० रुपैयाँ ०५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया २२ पैसा र विक्रीदर १४५ रुपैयाँ ८७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २१ पैसा र विक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १९ पैसा र विक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ३८ पैसा र विक्रीदर ९८ रुपैयाँ ८३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४६ पैसा र विक्रीदर ८ रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३९ पैसा र विक्रीदर ३५ रुपैयाँ ५५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र विक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र विक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २६ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५७ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र विक्रीदर १२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३२ पैसा र विक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ४३४ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०७ पैसा र विक्रीदर ३५३ रुपैयाँ ६६ पैसा रहेको छ ।
