काठमाडौँ ,१४ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ १४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ६६ पैसा र विक्रीदर १३३ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ९० पैसा र विक्रीदर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ०४ पैसा र विक्रीदर १६९ रुपैयाँ ८० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैया ९८ पैसा र विक्रीदर १४५ रुपैयाँ ६४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९३ पैसा र विक्रीदर ८८ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०९ पैसा र विक्रीदर ९७ रुपैयाँ ५३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया २७ पैसा र विक्रीदर ९८ रुपैयाँ ७१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४५ पैसा र विक्रीदर ८ रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३७ पैसा र विक्रीदर ३५ रुपैयाँ ५३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र विक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १६ पैसा र विक्रीदर २८ रुपैयाँ २८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७० पैसा र विक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र विक्रीदर १२ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २८ पैसा र विक्रीदर १९ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ १६ पैसा र विक्रीदर ४३४ रुपैयाँ ११ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ८८ पैसा र विक्रीदर ३५३ रुपैयाँ ४७ पैसा रहेको छ ।
