शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज आईतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , जेठ १३, २०८१

काठमाडौँ ,१३ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ १३ गते आईतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ६६ पैसा र विक्रीदर १३३ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र विक्रीदर १४४ रुपैयाँ ४० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ६८ पैसा र विक्रीदर १६९ रुपैयाँ ४५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैया ९७ पैसा र विक्रीदर १४५ रुपैयाँ ६२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र विक्रीदर ८८ रुपैयाँ १४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र विक्रीदर ९७ रुपैयाँ १८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया २४ पैसा र विक्रीदर ९८ रुपैयाँ ६९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४५ पैसा र विक्रीदर ८ रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३७ पैसा र विक्रीदर ३५ रुपैयाँ ५३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र विक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १६ पैसा र विक्रीदर २८ रुपैयाँ २८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र विक्रीदर १२ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २७ पैसा र विक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ०८ पैसा र विक्रीदर ४३४ रुपैयाँ ०३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५३ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया