शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , जेठ ११, २०८१

काठमाडौँ ,११ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ११ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९६ पैसा र विक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र विक्रीदर १४४ रुपैयाँ ८३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ २९ पैसा र विक्रीदर १७० रुपैयाँ ०७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ५३ पैसा र विक्रीदर १४६ रुपैयाँ १८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र विक्रीदर ८८ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २६ पैसा र विक्रीदर ९७ रुपैयाँ ७० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५४ पैसा र विक्रीदर ९८ रुपैयाँ ९८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २६ पैसा र विक्रीदर २८ रुपैयाँ ३९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र विक्रीदर १२ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३२ पैसा र विक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ ११ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ १८ पैसा र विक्रीदर ४३५ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६७ पैसा र विक्रीदर ३५४ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया