सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक (एसपी) विनोद शर्मालाई फिर्ता बोलाउने निर्णय गरिएको छ । एसपी शर्मालाई कारबाही गर्दै दुई महिनामै हेडक्वार्टर तानिएको प्रहरी श्रोतले बतायो । उहाँलाई प्रहरी प्रधान कार्यालयले व्यवसायीक तथा आर्थिक अनुशासन कायम उल्लंघन गरेको भन्दै कारबाहीस्वरुप हेडक्वाटर तानिएको श्रोतले बतायो ।
उहाँको ठाउँमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । शर्माको गत फागुन २ गते सिन्धुलीमा सरुवा भएको थियो । ६८ दिनमा सरुवा हुदैँ शर्मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सबैभन्दा छिटो सरुवा हुने प्रहरी प्रमुख हुनुभएको छ । यसअघि, यसअघि आभुषण तिमल्सिनालाई प्रहरी आचरण व्यवहार, कार्यक्षमता र हाल प्रहरी दिनुपर्ने समयअनुकूलको सेवा दिन नसकेको भन्दै ६५ दिनमै कारबाहीस्वरूप प्रधान कार्यालय तानिएको थियो ।