शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका प्रहरी जस्ले ३० वर्ष फरार गोलेलाई पक्राउ गरे

बिहिवार , माघ २५, २०८०

सिन्धुली– २०५० असोज २ गते घटना घटाई फरार रहेका साविक कल्पवृक्ष गाउँ विकास समिति ८ हाल मरिण गाउँपालिका ३ का बुद्ध बहादुर गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले गत पुष १४ गते पक्राउ गर्यो । इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नुभएका प्रहरी निरीक्षक धर्मराज खत्रीको टोलीले घट्ना भएको ३० वर्षपछि गोलेलाई पक्राउ गर्न सफल भएको थियो । कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत सिन्धुलीबाट २०६६ असार १९ गते फैसला भई २० बर्ष कैद सजाय ठहर गरेको थियो । फैसला ठहर गरेको गोले ३० वर्षसम्म फरार रहे । तर, अपराध गरेर जतिनै भागेपनि नेपाल प्रहरीले छोड्दैन भन्ने भाष्यलाई इन्स्पेक्टर खत्रिले सत्य साबित गर्नुभयो । उनै प्रहरी निरिक्षकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ । खत्रीले ३० वर्ष देखि फरार रहेको प्रतिवादी र गाँजा नष्ट गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी घोषण गरिएको हो । यस्तै, जवरजस्ती करणी मुद्धाका फरार काजिमान भोलनलाई समेत खत्रिकै कमाण्डमा प्रहरीले पक्राउ गरेको थियो । आफूले जिम्मेवारी पाएको ईलाका क्षेत्रको बिभिन्न वडा एरियाहरुमा लगाईएको २५ (पच्चीस) कट्ठा अवैध गाँजा नष्ट कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गरेको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले बताउनुभयो । साथै, साथै प्रहरी संगठनको छवीलाई उच्च राख्न प्रशंसनीय कार्य गरेको हुँदा उक्त कार्यको मल्यांकन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहन गर्न प्रहरी निरीक्षक खत्रिलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुलीद्धारा २०८० साल पुस ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको एसपी सिलवालले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया