शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा बालिकालाई जबरजस्ती करणी गर्ने दुईजना पक्राउ

बुधवार , पौष ४, २०८०

सिन्धुली–बालिकालाई जबरजस्ती करणी गर्ने दुई जनालाई बुधबार सिन्धुली प्रहरीले पक्राउ गरेको छ । गत सोमबार १५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाको मिथिला नगरपालिका ३ का ३६ वर्षिय सत्रोधन महत्तो र सोहि ठाउँका २६ वर्षि तिलक कुमार महत्तोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) चिरञ्जिवि दाहालले बताउनुभयो । धुनषा घर भएकी बालिकालाई ललाईफकाई घुम्न जाउ भनि कमलामाई नगरपालिका ९ स्थित एक होटलमा लगेर दुईजनाले जबरजस्ती करणी गरेको जाहेरी ईलाका प्रहरी कार्यालय भिमानमा दर्ता भएको थियो । बालिकालाई खाजा खाने बाहानामा होटलको कोठामा राखि डरत्रास देखाएर दुईजनाले जबरजस्ती करणी गरेको आरोप लागेको छ । उनीहरुलाई पक्राउ गरि सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको डिएसपि दाहालले बताउनुभयो ।

सिन्धुलीमा पाँच वर्षको अवधिमा जबरजस्ती करणीका एक सय ३३ वटा र जबरजस्ती करणी उद्योगका ३७ मुद्धा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै ३२ वटा मुद्धा दर्ता भएको प्रवक्ता डिएसपि दाहालले जानकारी दिनुभयो । त्यस्तै, गत आर्थिक वर्ष एउटा वैवाहिक करणीको मुद्धा दर्ता भएको दाहालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया