सिन्धुली– प्रहरीले तास खेलिरहेको अवस्थामा सिन्धुलीबाट चारजनालाई पक्राउ गरेको छ । जिल्लाको सुनकोशी गाउँपालिकाबाट चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । सोमबार राती सुनकोशी गाउँपालिका ६ स्थित खाल्टेमा ५० वर्षिय रामे माझीको घरमा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ६० रुपैयाँ, १ गड्डी तास र ३३ वटा कौडा सहित पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुनः उपस्थित हुनेगरि छाडिएको डिएसपि दाहालले बताउनुभयो । ‘हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सुक्ष्म रूपमा नियालिरहेका छौँ,’ प्रहरी नायव उपरीक्षक दाहालले भन्नुभयो । प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको सिन्धुली प्रहरीले जनाएको छ ।
सोमबार काठमाडौँबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र संखुवासभाबाट ७ जना गरी जम्मा ९० जना पक्राउ परेका छन् ।