सिन्धुली– सिन्धुलीमा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्लाको कमलामाई नगरपालिका ६ स्थित माझिटार चेकपोष्टमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले हायस गाडि चेकजाँच गर्नेक्रममा दुईजना युवालाई हिरोइनसहित पक्राउ गरेको हो ।
सप्तरीबाट काठमाडौँ तर्फ जादैँ गरेको बा.५ ख ३१४९ नम्बरको हायसलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीमा सवार नुवाकोटको तार्केश्वर नगरपालिका वडा नं. ७ का २२ वर्षिय भरत रिमाल र खोटाङको खोट्टेहाङ गाउँपालिका वडा नं.५ का २३ वर्षिय बिपिन मगरको बिचमा लुकाई छिपाई झोलामा राखिएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ९६० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । उक्त लागुऔषधसहित दुवैजना नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको दाहालले बताउनुभयो ।